पूर्वमन्त्री सुनिल थापालाई कोरोना संक्रमण

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विगत केहीदिन देखि ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए । पूर्वमन्त्री थापालाई निमोनिया भएको बताइएको छ । उनको स्वास्थ्य जटिल बनेपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

थापासहित उनकी पत्नी र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय थापा पार्टी कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here