फुडमाण्डु र डक्टर्स अन कल नेपाल बिच सहकार्य, सुरक्षालाई प्राथमिकता

काठमाडौं, २६ असोज । फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको १० वर्ष पुरानो कम्पनी फुडमाण्डु प्रालिले डक्टर्स अन कल नेपाल (डीओसी) का साथ साझेदारी गरेको छ ।

फुडमान्डुले आफ्नो स्टाफ सदस्यहरू र खासगरी ग्राहकहरूको स्वास्थ्य र सुरक्षाको बारेमा विशेषज्ञहरूको सल्लाहका लागि यस्तो सम्झौता गरेको बताएको छ ।

कम्पनीमा संलग्न सबैको राम्रो स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रयासअन्तर्गत डीओसीसँग सम्झौता गरिएको र उसले कम्पनीमा स्वास्थ्य र सुरक्षा सल्लाहकारको भूमिका खेल्ने बताइएको छ ।

डीओसीले सुरक्षा कदमहरूलाई प्राथमिकता दिन, स्क्रीनिंग प्रोटोकोललाई सुदृढ गर्न, मानव संसाधन नीति लागू गर्न, कोभिड १९ का लक्षण बारेमा कर्मचारीलाई शिक्षित पार्दै तालिम र वर्कशप मार्फत रोकथामको कार्य गर्नेछ ।

साथै आईटी प्रणालीलाई उपयोग गर्दै कामका आवश्यकताहरू विकास गर्न सहयोग गर्ने, कर्मचारी र उनीहरूका परिवारका लागि अनलाइन डाक्टर परामर्शमा फुडमान्डुलाई सहयोग पु¥याउनेछ । डक्टरहरुले कम्पनीका लागि चौबीसै घण्टा र आकस्मिक योजनाहरू समेत उपलब्ध गराउनेछन् ।

राईडरको सवारी साधन र प्रयोग गरिने झोलाहरूको लागि एउटा कीटाणुशोधन क्षेत्र स्थापना गर्नेदेखि लिएर कर्मचारीहरूका लागि कोभिड १९ जागरूकता कार्यशाला सञ्चालन गर्ने, कम्पनीमा स्यानिटाईजेसन स्टेशन स्थापना गर्नेलगायत विशेषज्ञहरूले कम्पनीको सहज र सुरक्षित कामका लागि सुविधासम्बन्धी सबै चिन्ता सम्बोधन गर्ने फुडमाण्डुले बताएको छ ।

सम्बन्धितः

फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो

मदिरा र महँगा सवारीको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

कोरोना महामारी: नेपाल खराब सूचीको ४० औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

विदेशी उत्पादनले धानिएको नेपाली चाडपर्व, चङ्गादेखि खसीबोकासम्म विदेशकै भर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here