कुलेश्वरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण, रु. १ करोड २० लाखको लगानी

काठमाडौं, २६ असोज । काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा सोमबार कुलेश्वर महादेव मन्दिर परिसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पार्कको शिलान्यास गरे ।

पार्क करीब रु. १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको हो ।
वडाध्यक्ष सोभा सापकोटाका अनुसार पार्कले वातावरणीय सौन्दर्य थप्नुका साथै स्थानीयका लागि मनोरञ्जन पनि प्रदान गर्नेछ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ ।

ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । ‘हरियाली प्रर्वद्धन गर्ने, सहरको सौदर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ कुलेश्वर पार्कको शिलान्यासपछि प्रमुख शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।’

सम्बन्धितः

पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

काठमाडौंमा सार्वजनिक शौचालयबाट वार्षीक ६० लाखसम्म बहालकर

काठमाडौंमा नयाँ स्कूल खोल्न नपाइने, सबै स्कूलमा नेवारी भाषा अनिवार्य !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here