सुनचाँदीको भाउ घट्यो

काठमाडौं, २७ असोज । नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ५ सय र चाँदी २० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ । यस्तै चाँदी तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here