मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट पछि हट्यो माधव नेपाल समूह

काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन भनी अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको एउटा समूह पछि हटेको छ।

तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।

स्रोतका अनुसार कुर्मराज शाहीलाई सचेतक र मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मन्त्री बनाउन मुख्यमन्त्री शाही तयार भएका छन्।

शाहीलाई हटाउन हस्ताक्षर गरेकाहरुबीचमै विभाजन आएपछि सो प्रदेश सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केही मन्त्रीहरुले भने राजीनामा दिने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here