चैतयता १ लाख ५ हजार नेपाली स्वदेश फर्किए, युएईबाट ३० हजारभन्दा बढी

काठमाडौं, २८ असोज । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा रोजगार गुमाएका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ ।

नेपालमा कोरोना माहामारीका बीच नै सात महिनामा १ लाख ५ हजार २३४ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक चैत ११ गतेदेखि असोज २६ गतेसम्मको हो ।

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट ३० हजार ३६ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट ६ जना रहेका छन् ।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ति मुलुकमा पुगेका थिए ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १६ हजार २०७, मलेशियाबाट १४हजार ९६५ कतारबाट १७ हजार ४४, कुवेतबाट ९ हजार ५२०, जापानबाट २ हजार ८७६, दक्षिण कोरियाबाट १ हजार ८११, ओमनबाट १ हजार ७८३ बहराइनबाट १ हजार ३३९ जना स्वदेश फर्किएका छन् ।

अष्ट्रेलियाबाट १ हजार ९१, टर्कीबाट २ हजार ७८ , बंगलादेशबाट ९३०, माल्दिभ्सबाट १०२६, सिङ्गापुरबाट ८५६, अमेरिकाबाट ४३७, चीनबाट ४४२ र जोर्डनबाट ५७७ नेपाली स्वदेश फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here