राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं, २८ असोज । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम सशोधन गरेको छ । बुधबार एक सूचना जारी गर्दै नाम संशोधन भएको जानाकारी दिएको हो ।

बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकोले सोहि बमोजिम नाम संशोधनको सूचना प्रकाशन गरेको हो ।

बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ गते नाम सशोधनको लागि अनुमति दिएको थियो । बैंकको संशोधित नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा ‘RBBL’ भनिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here