नायब सुब्बा र खरिदार पदको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २८ असोज । लोकसेवा आयोगले नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले बुधबार एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।

खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here