पर्यटन बोर्डको कार्यालय बन्द, ट्रेकिङ परमिटबाहेक सबै काम स्थगित

काठमाडौं, २८ असोज । नेपाल पर्यटन बोर्डका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि भएसँगै बोर्डले सूचना जारी गर्दै चार दिनका लागि ट्रेकिङ परमिटबाहेक सबै काम बन्द गरिएको जनाएको छ ।

सोसँगै बोर्डबाट अर्को सूचना जारी नभएसम्म कार्यालय भवनभित्र कुनै पनि भेटघाट तथा कार्यक्रम नगराइने नगर्ने भएको बोर्डले जनाएको छ।

यही असोज २५ र २६ गते बोर्डका केही कर्मचारमिा कोरोना पुष्टि भएको थियो भने अन्य कर्मचारी समेत उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका थिए। सोही कारण सम्भावित संक्रमण रोक्न यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।

कार्यालय बन्द रहेपनि ट्रेकिङ परमिट भने दिने काम भने बन्द नहुने बोर्डले स्पष्ट पारेको छ।