एनआइसी एशियाले बैंकले ल्यायो ‘डिजिटल उत्सव’ योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट

काठमाडौं, २८ असोज । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडा दसैँ, शुभ दीपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिरसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने छन् ।

यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट–क्रेडिट) प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्ने छन् ।

सिजी, पाल्सोनिक, ब्रोदरहूड, इलेक्ट्रोन, यासुदा, जेजे ज्वेयलर्स, आर्सी ज्वेलर्स, सिल्भर स्टेट, सिभिल मल, सिटी सेन्टर, केटिएम सिटी, सिटिभी मोबाइल, ए टू जेड अनलाइन, एसीडिसी मोबाइल, सुजुकी, एनआइयू, ह्याकुला, केएफसी र सिम्रिक एयरका सेवा तथा सामग्रीमा पाँचदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here