कात्तिक ७ देखि ‘क्लिन फिड’ अनिवार्य, विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

काठमाडौं, २८ असोज । कात्तिक ७ गतेदेखि ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार अनिर्वाय रुपमा ‘क्लिन फिड’ लागू गर्नुपर्ने जानाकारी दिएको छ ।

यदि कसैले नियम नमानी नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका सचिवलाई सम्बोधन गरी विभिन्‍न माध्यमबाट इन्डियन ब्रोडकास्टिङ फोरम, डिस्कभरी नेटवर्कस्, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायत संघ-संस्थाबाट विज्ञापनरहित प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले सूचनामा विभिन्न संघसंस्थाको आग्रह भए पनि लागू हुने मिति सार्न नसकिने प्रष्ट पारेको छ।

ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने मन्त्रालयले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here