सेयर बजारमा लगातार गिरावट, कारोबार रकम डेढ अर्बमा सीमित

काठमाडौं, २८ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रम जारी रहेको छ ।

मंगलबार ९.४२ अंकले घटेर बजार बन्द भएको सेयर बजार मापक सूचक नेप्से बुधबार ७.४२ अंकले घटेर १५६१.१७ अंकमा झरेको हो ।

यसदिन १९५ कम्पनीको १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १ समूहको परिसूचक उकालो लागेका छन् भने ११ समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक सर्वाधिक १.९९ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १.३१ प्रतिशत र हाइड्रोपावर समूहको सूचक १.१९ प्रतिशतले घटेको छ ।

त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.२९ प्रतिशतले घटेको छ । होटेल समूहको सूचकबाहेक सबै समूहको सूचक रातो हुँदा नेप्से पनि घटेको हो । होटेल समूहको सूचक भने ०.१४ प्रतिशतले बढेको छ ।

आजबाट कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here