अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।

१२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिएका छन्।

विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका छन् । पहिलो कार्यकाल अर्थतन्त्रको आधारभुत विषयवस्तु बुझेका कारण दोस्रो कार्यकाल उनका लागि सहज हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसको महामारीका बीच थला परेको अर्थतन्त्र उकास्नु, मुलुक भित्रै रोजगारी सिर्जना गरी बेरोनगारी समस्या समाधान गर्नु उनको अगाडी ठूलो चूनौति रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट आज मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर भएको हो ।

प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमा राखेका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैल लिएका छन्।

यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सिराहका लिलानाथ श्रेष्ठलाई दिएको छ।

यस्तै ओलीले एक मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन्। महिला बालबालिका मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरिएको हो।

गुरुङलाई सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्खेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here