सेयरमा लगानी गर्दै हुनुहुन्छ ? यसरी छनौट गर्नुहोस कम्पनी

काठमाडाैं, ३१ बैशाख । केही महिनाको सुस्तीपछि सेयर बजार सुधारको क्रममा छ यतिबेला । बजारमा गिरावट आएकै कारणले निरुत्साहित लगानीकर्ताको मुहार विस्तारै उज्यालो देखिन थालेको छ ।

सेयर ब्रोकर कम्पनीहरुमा लगानीकर्ताको घुइचो बढन थालेको छ । यतिबेला लगानीकर्ता सेयरमा लगानी विस्तार गर्ने सुरमा छन् ।

तपाईं पनि सेयर बजारमा लगानी बढाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने राम्रा कम्पनी कसरी छनौट गर्ने भन्ने अन्योलमा हुनुहुन्छ होला ।

राम्रा कम्पनी छनोट गरेर लगानी गर्न सके नोक्सानको सम्भावना न्यून हुन्छ । र राम्रो प्रतिफल हातपार्न सकिन्छ । यसकारण लगानी गर्नु अघि सकेसम्म वुद्धि विवेक पुर्याएर राम्रा कम्पनी छनोट गर्नुस ।

प्रश्न उठ्न सक्छ अहिलेका लागि कुन कम्पनी उपयुक्त हुन, तीनको छनोट कसरी गर्ने, त्यसकालागि कुन कुन सूचक हेर्ने ?

त्यसो हो भने निम्न सुझाब तपाईंका लागि उपयुक्त हुन सक्छन

– कम्पनी छनोट गर्दा हुनुपर्ने भन्दा कम सेयर मूल्य (अन्डरभ्यालुड) भएका कम्पनीलाई प्राथमिकता दिनुहोस ।

– अन्डरभ्यालुड कम्पनी छनौट गर्दा ‘प्राइस अर्निङ रेसियो’ (पीई) लाई आधार बनाउनुहोस । अहिलेको समयमा १५ मन्दा कम पीई रेसियो भएका कम्पनी अन्डरभ्यालुड मानिन्छन ।

– अन्डरभ्यालुडमध्ये पनि कम्तीमा विगत तीन वर्ष देखि निरन्तर रुपमा औसत १५ प्रतिशत भन्दा बढीका दरले लाभांश वितरण गरेका कम्पनी छान्नुहोस ।

– यसरी तपाईंले छनोट गरेका कम्पनी मध्ये पनि कुन कुनको व्यवसायीक वृद्धिदर २० प्रतिशत भन्दा बढी छ त्यो हेर्नुहोस ।

अब माथीका चार सुझाबका आधारमा कम्पनी छनोट गरी अन्तिम सूची बनाउनुहोस । हाल बजारमा उपलब्धमध्ये धेरै वाणिज्य बैंक, केही लघुवित्त, केही जलविद्युत, केही विकास बैंक र केही बिमा कम्पनी पनि तपाईंको छनोटको सूचीमा पर्छन ।

यसपछि मात्रै ती कम्पनीमा आफ्नो क्षमता अनुसार लगानी गर्नुहोस । अब बजार बढ्दा यीनै कम्पनीको सेयर मूल्य माथी जाने हो ।

यसकारण तपाईंले लगानी गरेको धितोपत्रमा जोखिम कम र प्रतिफल उच्च हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here