नडेप लघुवित्तले ३ करोड ६८ लाखको बोनस सेयर र १९ लाख लाभांस दिने

काठमाडौं, २९ असोज । नाडेप लघुवित्त वित्तीय संस्थाले रु. ३ करोड ६८ लाख बराबरको बोनस दिने भएको छ ।

बधबार आयोजना भएको संस्थाको पाँचौं वार्षिक साधारण सभाले चुक्ता पुँजी ३६ करोड ८० लाखको १० प्रतिशतले हुन आउने सो रकम बोनस सेयर बाँडने निर्णय गरेको हो ।

साथै, बोनस सेयरको कर प्रयोजनका लागि रु. १९ लाख ३६ हजार नगद लाभांस पनि वितरण गर्ने जानकारी दिएको छ ।

वि. सं. २०७० मा स्थापना भई २०७२ देखि कारोबार थालेको नाडेपले गत आबमा रु. २ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत असार मसान्तसम्म कम्पनीले ७८ शाखामार्फत ८० हजार २७७ ग्रामिण तथा पिछडिएका महिलाहरुलाई सेवा दिएको बताएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले लघुवित्त क्षेत्रलाई व्यवथित गर्न नेपाल राष्ट्र बैंकको २०७७ को मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थासंग मर्जर/एक्विजिशन वा प्राप्ति प्रकृयालाई अघि बढाउने बताए ।

त्यसैगरी सेवा नपुगेका पहाडी तथा हिमाली दुर्गम क्षेत्रहरुमा कार्यक्रम विस्तार गर्दै जाने र ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई सबल बनाउन यस संस्था लागीपर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

सम्बन्धितः

स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का, ग्लोबल आइएमईसँग गाभिने

लघुवित्तको लाभांश १० वर्षसम्म लिन नजाने सेयरधनीको पैसा बैंकिङ विकास कोषमा

लघुवित्त कम्पनीलाई लाभांश वितरण र शाखा विस्तारमा कडाइ

कोरोनाभाइरसको महामारीमा लघुव्यवसाय प्रवद्र्धनको माध्यम लघुवित्त बन्न सक्ने

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाने, वोमीको सेयर कारोबार रोक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here