६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको निर्देशन

काठमाडौं, २९ असोज । सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।

असोज २६ गतेको मन्त्रिपरिषद्को बैठकले भत्ता उपलब्ध गराउने विषयमा निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ।

विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर पत्रमा आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता दिनको लागि आग्रह गरेको छ ।

‘६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचय पत्र भएका लाभग्राहीलाई मासिक एक हजार छ सयका दरले भत्ता उपलब्ध गराउनू’ गृहको पत्रमा भनिएको छ।

यस्तो छ गृहको पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here