बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

काठमाडौं, २९ असोज । बहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमाल आरोहण गरेको हो ।

यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका टोलीले बिहीबार बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो।

राजकुमार हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६११९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए।

राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले बिहीबार बिहान मनास्लु हिमालको टाकुरामा पुगेका थिए।

१५ जना बहराइनका नागरिक र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो ।

उनिहरू अर्को सिजनमा सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here