शिवम् सिमेन्टले १ अर्ब ६ करोड ५२ लाखबढी लाभांश बाँड्ने

काठमाडौं, २९ असोज । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले नगद लाभांश बापत १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ नगद बाँड्ने भएको छ ।

कम्पनीले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै धेरै हो भने अघिल्लो आर्थिक वर्षको भन्दा ८.४२ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवमा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here