रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीका लागि बैंकहरु र नेपाल क्लियरिङ हाउस बीच सम्झौता

काठमाडाैं, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले लागु गर्न लागेको रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली कार्यान्वयनको लागि नेपाल बैंकर्स संघको पहलमा नेपाल क्लियरिङ हाउस र अधिकांश वाणिज्य बैंकहरुसँग इन्ट्रिगेसन पार्टनरको रुपमा कार्य गर्ने गरी आज एक कार्यक्रममा सम्झौता गरिएको छ ।

उक्तकार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना, सक्षम-एक्सेस टु फाइनान्स फर पुअर प्रोग्रामका प्रमुख निर्मल दाहाल, नेपाल राष्ट्र बैंकका अन्य उच्च पदाधिकारीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा विभिन्न वाणिज्य बैंकहरुसँग भिन्दा–भिन्दै सम्झौता गरिएको हो ।

सम्झौता अनुुसार नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस उपलब्ध गराउने भएको छ ।

आरटीजीएस प्रणाली कार्यान्वयनमा इन्ट्रिगेसनको महत्वपूर्ण भुमिका रहने हुँदा यस सहकार्यले नेपाल राष्ट्र बैंकको आरटीजीएस कार्यान्वयनको पहललाई विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालक्लियरिङ्गहाउसले हालआफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरुलाई एनसीएचएल इसीसी, एनसीएचएल आइपिएस र कनेक्ट आइपिएस लगायत अरु आवश्य इन्ट्रिगेसन तथा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसहरु उपलब्ध गराउँदै आएको ।

संचालनमा रहेका प्रणालीहरुलाई आवश्यक परिमार्जन गरी बैंकहरुलाई आरटीजीएस प्रणालीमा समेत इन्ट्रिगेसन गर्ने गरी परियोजना विकास गरिएको हो ।

आरटीजीएस प्रणाली मार्फत् आबद्ध भएका सदस्य बैंक तथा वित्तिय संस्थाहरुबीच ठूलो रकमको कारोबारहरु र राष्ट्रिय भुक्तानी प्रणालीहरुका अन्तिम फछ्र्यौटका कार्य हुने गर्छ ।

हाल नेपाल राष्ट्र बैंकको पहलमा कार्यान्वयन हुन गइरहेको आरटीजीएस प्रणाली डिएफआइडी सक्षम-एक्सेस टु फाइनान्स फर पुअर प्रोग्रामको सहयोगमा पहिलो चरणमा वाणिज्य बैंकहरु तथा नेपाल क्लियरिङ्ग हाउसका कारोबारहरु हुने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here