अर्थमन्त्री पौडेलको पहिलो निर्णय: विश्व बैंकसँग २० करोड डलर ऋण लिने

काठमाडौं, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपथ गरेलगत्तै अर्थ मन्त्रालयको जिम्मेबारी सम्हालेका छन्।

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरे । पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ । उक्त रकम कोभिड–१९ को रोकथाममा प्रयोग गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here