‘यो कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं’- नवनियुक्त मन्त्री श्रेष्ठ

काठमाडौं, २९ असोज । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यही सरकारको पालामा वृद्धभत्ता बढाउने दाबी गरेका हुन् ।

मन्त्री श्रेष्ठले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन् ।

२०७० सालको संविधानसभा चुनावमा प्रचण्डसँग झिनो मतले पराजित श्रेष्ठले आफू पुरुष भएपनि आधा आकाश ढाकेका महिलाको क्षेत्रमा काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले महिलाहरुका समस्या समाधान गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here