झिनो अंकले बढ्यो नेप्से, अर्थमन्त्रीको आगमनले उत्साहित देखिएनन् लगानीकर्ता

काठमाडौं, २९ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ ।

साताको कारोबार हुने अन्तिमदिन नेप्से १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा कायम भएको छ ।

यसदिन १९६ कम्पनीको १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् । आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ७.१० अंकले बढेको छ भने उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २९.५५ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । लगानीकर्ता अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनले खासै उत्साहित देखिएनन् ।

सेयर बजारमैत्री अर्थमन्त्री भनेर चिनिएका पौडेलको आगमनले लगानीकर्ता निकै उत्साहित हुने अनुमान गरिको थियो ।

अघिल्लो पटक पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले ऐतिहासिक १८८१ विन्दु चुमेको थियो । दशैं नजिकिएसँगै बजारबाट ठूला लगानीकर्ता बाहिरेने क्रम बढ्दा कारोबार पनि सुस्त हुँदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here