सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड

काठमाडौं, २९ असोज । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको अनुसार आईपीओ शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले असोज २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणका लागि बाँकी २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरिएको थियो।

यस अनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्न सक्नेछन्। जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो ।

एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको थियो। जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here