कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौं, ३० असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।

कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here