‘भगवान् शिव र ब्रह्‍माजी आए पनि तत्काल पाँच लाख टन मल ल्याउन सम्भव छैन्’

फाइलफोटो

काठमाडौं, ३० असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।

४० औं खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यही अवस्थामा भगवान शिव र ब्रम्हा नै आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन्।

‘कलकत्ताकै पोर्टबाट आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड हुनुपर्छ,जो दिनदिनै आउनेछ उनले भने ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए ।

अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनबारे कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उनको दाबी थियो ।

कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने बताए ।

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिनबाहेक केही गर्न नसकिएको बताउँदै कृषि व्यवस्था परिवर्तन नभएसम्म नेपालमा कृषि क्षेत्रको विकास हुने सम्भवना नरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here