काठमाडौं, १ कात्तिक । विश्वमा एकैदिन धेरै संक्रमितको रेकर्ड बनेको छ । एकैदिन चार लाख १२ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो।
योसँगै हालसम्म संक्रमितको संख्या तीन करोड ९५ लाख ६५ हजार ९४८ पुगेको छ। कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख ८ हजार ६१७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६ हजार १८५ जनाको मृत्यु भएको हो। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९६ लाख ४८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा सक्रिय संक्रमितको संख्या ८८ लाख ८ हजार ४१६ छ। त्यसमध्ये ७१ हजार ४३५ जना गम्भीर अवस्थाका छन्।
सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ।
भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ भने ब्राजिलमा ५२ लाख एक हजार ५७० छ।

























