केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम गरिने

काठमाडौं, १ कात्तिक । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) र वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले डिजिटल कर्णाली कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

त्यसका लागि दुई संस्थाले सनिवार एक सम्झौता गरेका छन् ।

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र पर्यापर्यटनको प्रवद्र्धनका लागि काम गरिरहेको छ भने वर्ल्डलिंकले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवा विस्तार गरिरहेको बताएको छ ।

‘यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ त्यसैले डिजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रलाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो,’ केबीसीएफका अध्यक्ष राधेश पन्तले भने ।

त्यस्तै, वर्ल्डलिंकका अध्यक्ष तथा संस्थापक निर्देशक श्री दिलीप अग्रवालले भने, हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पु¥याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं ।

दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here