फोन पे डाइरेक्टको ‘दशैँ धन मौका’, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

काठमाडौं, १ कात्तिक । फोन पे पेमेन्टले आउँदै गरेको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ नामक योजना सार्बजनिक गरेको छ।

यस योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ।

कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख जित्न सकिनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पेले यस्तो योजना सुरु गरेको हो। यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन।

फोन पे सर्भिसका करिब डेढ लाख मर्चेन्ट रहेका छन्। फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ। फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन्।

जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ। साथै ईसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here