चीनले गर्‍यो ४ दिनमै १ करोड १६ लाखको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ ।

विदेशबाट आएका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोनाभाइरस परीक्षण गरेको हो ।

गएको हप्ता उक्त शहर १३ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । त्यसपछि सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् ।

गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

गत मे महिनामा चीनले एक करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान सहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोनाभाइरसको सामूहिक परीक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here