तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, २ कात्तिक । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ ।

तिनाउले सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्वीजिशन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी कात्तिक १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

उक्त सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन्।

सिटिजन्सले तिनाउलाई १००ः९६ सेयर अनुपातमा एक्वायर गर्ने भएको हो ।

हालको सिटिजन्सको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसनको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here