‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गनुपर्ने

काठमाडौं, २ कात्तिक । स्वास्थ्य मन्त्रालयले शव व्यवस्थापन मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुन थालेसँगै ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्न लागेको हो ।

धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले मापदण्ड तयार गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

नयाँ मापदण्ड अनुसार ‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नु पर्नेछ ।

यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो।साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ।

त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here