थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि, २३२६ जना डिस्चार्ज

काठमाडौं, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ८७५ जनाको पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार १४० पुगेको छ ।

देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here