कोरोना संक्रमितको उपचार गर्ने दायित्वबाट सरकार पन्छियो, अब आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक । सरकार कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट पछि हटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो।

असोज १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति,जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च आजैदेखि तिर्नुपर्ने भएको छ।

उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ । लक्षण नभएका कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ।

‘यसअघि लक्षण नभएका संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्ने निर्णय भएकोमा अब पछिल्लो तीन दिनमा लक्षण नदेखिए १० दिनमा डिस्चार्ज गर्ने र डिस्चार्ज भएको व्यक्ति कम्तीमा सात दिन होम आइसोलेसनमा बस्नुपर्ने निर्णय भएको छ,’ गौतमले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here