११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले कात्तिक ३ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिल बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार ४ अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here