ग्लोवल हंगर इन्डेक्स: भारत, पाकिस्तान र बंगलादेशभन्दा नेपालको अवस्था राम्रो

काठमाडौं, ३ कात्तिक । देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ।

ग्लोवल इन्डेक्स (जीएचआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो। नेपाल यस बर्ष १९.५ स्कोरसहित ७३औं स्थानमा रहेर मध्यम अवस्थामा रहेको हो ।

दक्षिण एसियामा नेपालको अवस्था तुलनात्मक रुपमा देखिए पनि २०१६ को भन्दा यो नाजुक अवस्था हो। २०१६ मा सूचीकृत ११८ मुलुक मध्ये नेपाल ७२ औं स्थानमा थियो। यो वर्ष ११७ मुलुक मध्ये नेपाल ७३ औं स्थानमा रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार वंगलादेश २०.४ स्कोरसहित ७५ औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ ।

दक्षिण एशियाली मुलुकमा नेपालको भन्दा राम्रो अवस्थामा श्रीलंकाको रहेको छ । श्रीलंकाको स्कोर १६.३ रहेको छ ।

२००० देखि प्रकाशित हुँदै आएको यो इन्डेक्समा देशको खाद्यन्नमा पहुँच, बालबालिकाको पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरिन्छ।

यसरी हेर्दा नेपाल दक्षिण एसियामा खाद्यन्नमा सम्पन्न मुलुक जस्तो देखिएको छ। पोषणको अवस्था पनि दक्षिण एसियामा नेपाल राम्रो देखिएको छ भने मातृ मृत्यु दर पनि नेपालमा कम रहेको देखाउँछ।

यो सूचीमा भुटान समावेस छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here