थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ७१४ पीसीआर परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३७९० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here