टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुम खोलेको छ ।

कम्पनीले महान चाड बडा दशैंको विशेष अवसरमा घटस्थापनाको दिनदेखि यी नयाँ शोरुम संचालनमा ल्याइएको हो ।

टीभीएसले महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम संचालनममा ल्याएको हो । यीसँगै देशभरमा टीभीएसका शोरुम १३२ पुगेका छन् ।

नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवालले भने ‘आजबाट टीभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टीभीएसको प्रोडक्ट पूगेको छ ।

नेपालमा हरेक वर्गलाई उपर्यूक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ ।

अब ‘एक घर एक टीभीएस‘ मात्र होइन ‘एक व्यक्ति एक टीभीएस’ बनाउने लक्षका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’

टीभीएसले अहिले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल विक्री गर्दै आएको छ । साथै एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा पनि विक्री गर्दै आएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here