थप ३०९३ जनामा कोरोना संक्रमण, २१०८ जना डिस्चार्ज

काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३हजार ८६१ पीसीआर परीक्षणमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। जना पुगेको छ।

पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here