दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार मापक सूचक नेप्से १३.९४ अंकले बढेर १५९७.७१ विन्दुमा पुगेको छ ।

यसदिन १९२ कम्पनीको १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँ बराबरको कारोबार भएको छ । ५५ लाख ९ हजार ४४८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ ओरालो लागेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ६४.२८ अंकले बढेको छ भने होटल समूहको १५.०४ अंकले घटेको छ ।

आज लगानीकर्ता एनआइसी एशिया बैंकको सेयरमा झुम्मिएका छन् । गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको बैंकको सेयर किन्न लगानीकर्ता आकर्षित भएका हुन् ।

यसको सबैभन्दा धेरै २४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अकुमारी र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here