बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप

काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप गरेको छ ।

केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने समय थप गरिएको जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय विवरण कात्तिक १५ गते भित्र प्रकाशित गर्नु पर्नेम कोभिड संक्रमणका कारणले गर्दा वित्तीय विवरण कात्तिक मसान्त भित्र बुझाए हुने निर्देशनमा उल्लेख छ । यस्तै गएको साउनमा पनि केन्द्रीय बैंकले समय थपेको थियो ।

यो सँगै बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक मसान्तसम्म प्रकाशन गर्न पाउनेछन् ।

यसअघि पनि बेलाबखत यसरी थप्ने गरिएको थियो । त्यसो त सूचीकृत कम्पनीहरुले यसअघि नै महिनाको अन्तिमतिर गएर मात्र प्रकाशन गर्ने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here