कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं, ६ कात्तिक । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ३.४७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here