दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने

काठमाडौं, ६ असोज । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् ।

सरकार निर्णय अनुसार कार्तिक ७ गतेदेखि ११ गतेसम्म दशैं बिदा भएकोले यस अवधिमा बीमा कम्पनी बन्द हुन लागेका हुन् ।

दशैं बिदामा यसअघि आंशिक रुपमा काम गर्ने गरेका बीमा कम्पनीहरुले यस पटक पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द रहनेछन् ।

बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द हुने हुँदा बीमा कम्पनीहरुले पनि यस पटक पूर्ण रुपमा बन्द हुने भएको नेपाल बीमक संघले जनाएको हो ।

यद्यपि कुनै घट्ना भएमा बीमा दावी सम्बन्धी कार्य भने सुचारु हुनेछ । दशैंको समयमा बीमा शुल्क भुक्तानी गर्नुपर्ने बीमितले दशैंपछि कार्यालय खुलेको दिन भुक्तानी गर्दा समेत जरिवना नलाग्ने जनाएइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here