प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीच भेटवार्ता

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेका प्रष्ट पारेका हुन् ।

‘भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,’ थापाले प्रेस नोट जारी गर्दै भनेका छन्।

बुधबार राती बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग डेढ घण्टा भेटवार्ता गरेका रअका प्रमुख गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका छन्।

उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here