थप ३६३७ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार २५५ पीसीआर परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here