कोरोनाले खोसिएको दशैंको उमंग, फूलपातीको अघिल्लो दिन २६ हजार यात्रुले काठमाडौं छोडे

काठमाडौं, ६ कात्तिक । दशै मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या न्यून रहेको छ । अघिल्ला वर्षहरुमा दशै शुरुसँगै दैनिक लाखको संख्यामा यात्रुहरु बाहिरिने गरेका थिए ।

यसपटक भने दशैको उमंग कोरोनाको त्रासले खोसिएको छ । फूलपातीको अघिल्लो दिन राजधानीबाट २६ हजार ५४६ जना बाहिरिएका छन् ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार यो बिहिबार साँझ ६ बजेसम्मको हो । तथ्यांक अनुसार कात्तिक १ गतेदेखि चार गतेसम्ममा ९१ हजार ५ जनाले उपत्यका छोडेका छन् ।

तथ्यांक अनुसार एकैदिन बढीमा २३ हजारसम्मले यात्रा गरेका छन् । जसमा सबैभन्दा बढी यात्रु कात्तिक ३ गते बाहिरिएका छन् ।

त्यसदिन २३ हजार ८ सय ३६ यात्रु बाहिरिएका छन् । १६ हजार ३ सय ४ जना भित्रिएका छन् ।

उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो ।

सरकारले सार्वजनिक बसमा सिट क्षमताको अनुसार नै यात्रु राख्न र तोकिएको पुरानै भाडा लिन पाउने गरी सार्वजनिक यातायात निर्देशन दिएको छ ।

यसअघि सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने व्यवस्था थियो ।

चार दिनमै उपत्यकाबाट ९१ हजार यात्रु बाहिरिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here