उद्यमी बन्न चाहने युवालाई वाणिज्य बैंकको सहुलियत कर्जा, १५ लाखसम्म पाइने

काठमाडौं ७, कात्तिक । उद्यमी बन्न चाहने युवाका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको छ । यसकालागि बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त यो कार्यक्रम सञ्चालन गर्न लागिका छन् । कर्जा प्रवाह गर्नका लागि बैंकले नवप्रवद्र्धन प्रस्ताव आह्वान आयोजना गर्ने जनाएको छ ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गत बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको बिशेष उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम १ देखि अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने छ । समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मानीय मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताइएको छ ।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको बताए । नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवालाई निशुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको उनको भनाइ छ ।

समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीमप्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकको दाबी छ ।

बैंकले हाल सातै प्रदेस, ७७ जिल्लामा २ सय ४२ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here