पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए, २६ सय ६८ कोरोनामुक्त

काठमाडौं ७, कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएका छन् ।यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६ सय ९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here