२३ प्रतिशतले बढ्यो विदेशी लगानी, दुई महिनामा २ अर्ब ४४ करोड भित्रियो

काठमाडौं ८, कात्तिक । चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब २ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा एफडीआई करिब २३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा १ अर्ब ९८ करोड रुपैयाँ बराबर विदेशी लगानी भित्रिएको थियो ।

कोभिडको कारणले विश्वभरी नै लगानी विस्तारमा सुस्तता आएकाले त्यसको केही असर नेपालमा परेपनि गत आर्थिक वर्षको भन्दा विदेशी लगानी घटने सम्भावना नरहेको उनको अनुमान छ । विभिन्न अन्तरराष्ट्रिय अध्ययनहरुले पनि सन् २०२१ मा विश्व अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेका छन् ।

यसले पनि आउँदा महिनामा विदेशी लगानी बढ्ने उनको भनाइ छ ।

पछिल्ला वर्षमा लगानीको वातावरणमा सुधार भएको, सो सम्बन्धी केही कानून बनेको, एकद्धार प्रणालीको सुरु भएको, लगानी सम्मेलन गरिएको लगायत कारण विदेशी लगानी बढेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिडको कारणले ठूला आयोजनामा आउने विदेशी लगानी नघटेपनि जनताको स्तरमा आउने लगानी कोभिडबाट प्रत्यक्ष रुपमा प्रभावित हुने विज्ञहरु बताउँछन् । तत्कालको कोरोना असरलाई विर्सने हो भने पनि नेपालमा धेरै विदेशी लगानी भित्र्याउन सरकारले गरेका काम प्रर्याप्त नभएको उनीहरुको आरोप छ । सरकारले केही नीतिगत सुधार गरेपनि व्यवहारमा अपेक्षित सुधार भएको छैन ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७५÷७६ मा सबै महिना विदेशी लगानी घटेको थियो । सो आर्थिक वर्षको पुस र जेठमा ऋणात्मक नै पुगेको थियो । गत आर्थिक वर्षको सुरु देखि नै विदेशी लगानीमा सुधार देखिएको छ । सो आवको सबै महिनामा लगानी उल्लेख्य रुपमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here