६ वटा स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ मा वाणिज्य बैंक पुगे

काठमाडौं ८, कात्तिक । कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ वटामा अझै वाणिज्य बैंक पुगका छैनन । गत भदौसम्म ७ सय ४७ तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका छन् ।

२०७६ भदौसम्म ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ भदौमा १ सय ४९ छन् । जसअनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ८१
लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७७ भदौमा ९ हजार ८ सय ५१ पुगेको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here