पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ८, कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा ८ सय ३२, भक्तपुरमा १ सय २ र ललितपुरमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो अवधिमा काठमाडौं उपत्यकामा थप ४ सय २९ महिला र ६ सय ८१ पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो सँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here